तपाईँ सुन्दै हुनुहुन्छः

जनताको बहुदलीय जनवाद समाप्त पार्ने विचार स्विकार्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद समाप्त पार्ने विचार स्विकार्न नसकिने बताउनुभएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित जनताको बहुदलीय जनवादको विकासक्रम नामक पुस्तकको आज काठमाडौँमा विमोचन गर्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले वर्तमान शासन व्यवस्थामा सुधार गर्दै जनतालाई परिवर्तनको अनुभूति दिनेगरी अगाडि बढ्नु नै अहिलेको सान्दर्भिकता भएको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री नेपालले अहिले आफूहरू समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको उल्लेख गर्नुहुँदै यस चरणमा पनि जबजको उपादेयता उत्तिकै सान्दर्भिक रहने पनि बताउनुभयो ।

काठमाडौँको कमलादीमा आइतबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाललगायत । तस्बिर : हरिराम भेटुवाल/ रासस

कार्यक्रममा पुस्तकका लेखक एवं कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले जनताको बहुदलीय जनवाद जबजले कम्युनिष्ट विचारधारालाई जनपक्षीय बनाउने नयाँ विश्लेषण दिने भएकोले यसको सान्दर्भिकतालाई हृदयङ्गम गरेर आफूले पुस्तक तयार पारेको बताउनुभयो । 

कृषि मन्त्री भुषालले प्रस्तुत पुस्तक जबजप्रति रुचि राख्ने र अध्ययन गर्न चाहनेहरूका लागि उपयोगी सिद्ध हुने आफूले विश्वास लिएको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button