तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख र प्रमुख सचेतकहरूबिच छलफल

काठमाडौँ । संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूबिच आज छलफल भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफलमा यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य भएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि थाँती रहेका विधेयकहरू निर्माण र जनसरोकारका विषयमा उचित सुनुवाइ हुनुपर्ने विषयमा आफूहरूले ध्यानाकर्षण गराएको बताउनुभयो ।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button