तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचन:  गण्डकीमा गठबन्धन  विजयी

कास्की । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी हुनुभएको छ । आज सार्वजनिक मत परिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपाङ्गता अल्पसङ्ख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी हुनुभएको हो ।

श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाउनु भयो । 

अपाङ्गता र अल्पसङ्ख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गर्नु भयो । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुँदा उहाँको  निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाउनु भयो

गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए ।

बिहीबार २ सय ३० मतमध्ये २ सय २९ मत खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button