तपाईँ सुन्दै हुनुहुन्छः

जनमत पार्टीका मन्त्रीको राजीनामा स्वीकृत

जनकपुरधाम । मधेश प्रदेश सरकारमा रहेका जनमत पार्टीका मन्त्रीहरूले दिनु भएको राजीनामा मुख्यमन्त्री सरोज कुमार यादवले स्वीकृत गर्नु भएको छ । 

मधेश प्रदेश सरकारमा रहेका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव तथा श्रम तथा यातायातमन्त्री चन्दन कुमार सिंहले हिजो पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले स्वीकृत गर्नु भएको छ । 

यसै बीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले रिक्त रहेको दुवै मन्त्रालयको कार्यभार संविधानको धारा १६९ को उपधारा (२) खण्ड क बमोजिम मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्ने गरि तोक्नु भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज जारी गर्नु भएको सूचनामा उल्लेख रहेको छ । 

सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको विषयमा विवाद हुँदा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव सहितका व्यक्तिहरू घाइते भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button