तपाईँ सुन्दै हुनुहुन्छः

‘खुश्मा’ निर्माण घोषणा, धिरज र उपासनाको जोडी

काठमाडौँ I चलचित्र ‘खुश्मा’ निर्माणको घोषणा भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर आज काठमाडौँको कमलादी स्थित गणेश मन्दिरमा चलचित्रको शुभ मुहूर्त भएको हो । 

चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन् । सिनेमालाई अशोक थापा मगरले निर्देशन गर्नुहुने भएको छ । 

दुई वटा सुटिङ तालिकामा खिचिने सिनेमाका निर्माता बेताने, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी रहनुभएको छ ।  ‘खुश्मा’मा एस डी योगी, सुरेन्द्र राना तथा राम अविरल विष्टको सङ्गीत रहने छ भने दीपक बज्राचार्य छायाँकार रहनुहुने छ । 

चलचित्रमा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button