तपाईँ सुन्दै हुनुहुन्छः

दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटना, ३५ जना घाइते 

दाङ । दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटना भएको छ । 

बर्दियाको बढैयाताल गाउँपालिका–१ मैनापोखरबाट वनभोजका लागि दाङ आउँदै गरेको भे१ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर–१३ दमारगाउँ नजिकै दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । घाइते सबैको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूको दंगीशरणमा रहेको चखौरा थारु सङ्ग्रहालयमा वनभोजका लागि आइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक मल्लले जानकारी दिनुभयो । 

उनीहरूको बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ मा रहेको पिपरुवा कृषक समूहका सदस्य रहेको प्रहरीले जनाएको छ । कृषक समूहले वनभोजका लागि दाङ आउने क्रममा बस दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइते हुनेहरूमा बर्दिया बढैयाताल गाउँ पालिका वडा नम्बर १ निवासी विष्णु थारु, निरु थारु, ढन्जु चौधरी, शन्ताराम थारु, कृतिका थारु, अनिता थारु, सिद्धार्थ थारु, रुपा थारु, सरु थारु, रामगोपाल थारु, प्रिन्सा थारु, प्रभा कुमारी थारु, जुना थारु, प्रबिना थारु, सुरेश कुमार थारु, आदित्य थारु, रक्षा थारु, बसन्ती थारु रहेका छन् । 

यसैगरी, रवि थारु, सेराहानी चौधरी, अष्टोरिया थारु, दानी थारु, धर्म नेपाली, अनुस्का थारु, रिता थारु, हरिकला चौधरी, गिता थारु, सरोजकुमार थारु, राजकुमार थारु, राजकुमारी थारु, सृजना थारु, सर्मिला थारु, पुष्पा थारु, मोहिनी थारु र आरुका थारु रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button