तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाकाे प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

धनुषा । धनुषाको हंसपुर नगरपालिका – ५ सुगानिकासमा रहेको ईलाका प्रहरी कार्यालयको हिरासतमा गएराति एक जनाको मृत्यु भएको छ । 

स्थानीय दिपनारायण मण्डलको मृत्यु भएको हाे ।   स्थानीयबासीले प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै बिहानैदेखि त्यहाँ प्रदर्शन गरिरहेका छन् । 

आक्रोशितले स्थानीयहरूको समूहले ईलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । अवस्था तनावग्रस्त बनेपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गर्नु परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभएको छ । यता हवाई फायरकै क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शङ्कर मण्डल घाइते हुनुभएको हाे । उहाँको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिनुभयो  । अहिले सो क्षेत्रमा सम्भावित घटनालाई रोक्न बढी सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय दिपनारायण मण्डललाई विवादको घटनामा पक्राउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाइबाट मण्डलको संवेदनशील अङ्गमा चोट लाग्न गई मृत्यु भएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button