तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिला र दलित परिवारलाई साेलार प्यानल वितरण

मुगु।  जिल्लाको  पश्चिमी  खतेड गाउँपालिका भरिका एकल महिला र दलित परिवारलाई साेलार प्यानल वितरण गरिएको छ ।  ब्याकटु फाईफ जर्मनकाे  आर्थिक तथा  मानव अधिकार तथा वातावरण बिकास केन्द्र  नामक एक गैरसरकारी संस्थाकाे  सहजिकरणमा निःशुल्क साेलार प्यानल वितरण गरेको हाे ।

  बिद्धुतकाे कुनै पनि प्रसारण लायन नछाेएकाे  पश्चिम खतेड गाउँपालिका भरिका ३ सय  ५३ जना  दलित र ७० जना एकल महिला  गरि  जम्मा ४ सय २३ घर लाई शौर्य पाता सेट वितरण गरिएको हाे । रू २५ हजार मूल्य  पर्ने ५० वाट क्षमताका साेलर प्यानल सेट  पाएपछि दलित तथा एकल महिलाहरू खुशी भएका छन् । 

संस्थाले हाम्रो दुःख बुझेर नि:शुल्क सोलार उपलब्ध गराउँदा सारै खुसी लागेको खत्याड गाउँपालिका–९ का जयधर्म लावडले बताए । ‘हामी गरिबले पैसा हालेर सोलार किन्ने क्षमता थिएन,’ उनले भने, ‘अब घरमा उज्यालो गर्न पाइने भयो ।

घरमा ५ वटा बत्ती बाल्न सक्ने र मोबाइल चार्ज समेत गर्न सकिने  बताइएको छ ।  मुगुको दुर्गम खतेड गाउँपालिकामा  बेलुका उज्यालोको लागि बर्षाै देखि झराकाे  दियालो बाल्दै आएका खतेडका एकल महिला र दलित समुदायको लागि साेलार प्यानल प्राप्तिले ठुलो राहत मिलेको छ ।  विशेष गरि साँझपखकाे समयका साना स्कुल पढ्ने बालबालिकाको लागि र  काममा धेरै समय बेतित गर्ने महिला वर्गका लागि सहज हुने भएको छ ।

 साेलार प्यानल सेट वितरणका  लागि करिब  एक करोड भन्दा बढी रकम लागत रहेको मानव अधिकार तथा वातावरण बिकास केन्द्र मुगुका प्रबन्धक नवराज रातले  जानकारी दिनु भयाे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button