तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ जिल्लाका ६७ वटा विद्यालयमा १५ सय बढीको हात्तीपाइले रोगको परिक्षण गर्दै

बागलुङ । बागलुङ जिल्ला जनस्वास्थ्य कार्यालयले अहिले ७६ वटा विद्यालयका १५ सय ४० जना विद्यार्थी ५ वर्ष देखी ८ वर्ष सम्मको बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न सुरुवात गरेको बताएको छ ।

हात्तीपाइले रोग एक घातक रोग भएको र बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाको १ जना छात्रामा हात्तीपाइले रोग देखा परेपछि यो रोगलाई जिल्ला भरीको ७६ वटा विद्यालयमा परीक्षण गर्न थालेको जनस्वास्थ्य कार्यालय बागलुङका हात्ती पाइले रोगका फोक्ल प्रशन लक्ष्मी शर्माले जानकारी दिनु भएको छ । अहिले सम्म ७ सय ९० जनामा गरिएको परिक्षणमा १ जनामा देखा परेको शर्माले जानकारी दिनु भएको छ । केही पालिका र नगरपालिकाको रिपोट आउन बाकी रहेको जानकारी दिनु भएको  छ ।

त्यस्तै ताराखोलाको २ विद्यालय छनोटमा परेको श्री रिडी प्रावि ४ अस्मुखी र अमर प्रावि खल्डाडाँका कक्षा १ र २ का ९,९ जनामा परिक्षण गरिएको मा कुनै पनि विद्यार्थीमा हात्ती पाइले रोगको संक्रमित नभेटिएको ताराखोला गाउँपालिकाका स्वास्थ्य प्रमुख उदित कुमार थापाले जानकारी दिनु भएको  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button