तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटा । नेपाल खेलकुद महासङ्घको १५ औँ स्थापनाको अवसरमा धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । 

नेपाल खेलकुद महासङ्घ धनकुटाले आयोजना तथा हिले ब्याडमिन्टन क्लबको सहयोगमा हिले स्थित हिले ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता भेट्रान मेन्स डबल र मिक्स डबल गरी तिन इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा १८, मिक्स डबलमा २२ र भेट्रान्स तर्फ १२ गरि कुल ५२ टिमको सहभागिता रहेको छ ।  

प्रतियोगितामा मेन्स डबल तथा मिक्स डबलका विजेता टोलीले उपाधिसहित २५ हजार र दोस्रोले १० हजार तथा भेट्रानतर्फ प्रथम हुनेले २० हजार र दोस्रोले १० हजार हात पार्ने नेपाल खेलकुद महासङ्घ धनकुटाका अध्यक्ष कृष्ण मल्लले जानकारी दिनुभयो । प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन शुक्रवार नेपाल खेलकुद महासङ्घका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button