तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माण हामीले गर्ने हो, उद्घाटन अरूलाई गर्न दिने हो : एमाले अध्यक्ष ओली


डोटी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरू कसैले गर्न नसक्ने बताउनुभएको छ ।

झुलाघाट( चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा शुक्रबार डोटी जिल्ला सदरमुकाम सिलगढी टुडिखेलमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो,‘विकास निर्माण हामीले गर्ने हो, उद्घाटन अरूलाई गर्न दिने हो ।’ अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास रोकिएको बताउनुभयो ।

गठबन्धन सरकार आएपछि देशमा अस्थिरता बढेको, अराजकता फैलिएको र अर्थतन्त्र ओरालो लागेको उहाँले बताउनुभयो ।
नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि आफूहरू देशभरको अवस्था बुझ्न महाकाली-मेची अभियानमा निस्केको उहाँले स्पष्ट गर्नुभयो ।

यसपाली झुलाघाट– चिवाभञ्ज्याङ सम्वृदिका लागि संकल्प यात्रा अन्तर्गत २ हजार किलोमिटर भन्दा वढीको यात्रा गरेर अध्ययन गर्ने अध्यक्ष ओलीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button