तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा फेला पर्‍यो पाँच फिटको गोही

सप्तरी। दुर्लभ मानिएकाे गोही सप्तरीमा फेला परेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिर नजिकै पाँच फिटको गोही बिहीबार साँझ फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कंकालिनि मन्दिर नजिकै रहेको पवन मण्डलको माछा पोखरीमा अन्दाजी ३५ किलो र लम्बाई पाँच फिटको गोही फेला परेको हो ।

उक्त गोही कोशी टप्पु वन्यजन्तु आरक्षण टोलीलाई जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button