तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण कार्य सरकारको पहिलो प्राथमिकतामा : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण कार्यलाई सरकारले पहिलो प्राथमिकता राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री महासेठले आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्वाचन क्षेत्र रणनीति सडक निमार्णको कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।

मन्त्री महासेठले मुलुकको अर्थतन्त्रलाई मध्यनजर गर्दै उत्तर दक्षिण करिडोर, कर्णाली करिडोर, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग जस्ता आयोजनालाई पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

बैठकमा सांसद्हरुले सडक निमार्णको कामले गति लिन नसक्दा बढेको धुवाँ धुलोले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको बताउनुभयो ।

सांसद्हरुले कतिपय सडकहरू निर्माण व्यवसायीको लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको भन्दै बहाना बनाई  समय र लागत बढाउने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button