तपाईँ सुन्दै हुनुहुन्छः

‘लैङ्गिक समानता कायम गर्न तीनै तहका सरकार क्रियाशील हुनुपर्छ’

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

लैङ्गिक समानतासम्बन्धी आयोजित एक कार्यक्रममा मन्त्री आचार्यले लैङ्गिक समानता कायम गर्न सरकारी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो । “राजनीतिक स्तरमा देशमा तीन तहको सरकार छ । सङ्घले मात्र काम गरेन भनेर पुग्दैन लैङ्गिक समानता कायम गर्ने कार्यक्रम राज्यका तीनै तहले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले अन्याय, हिंसामा परेका महिलाका पक्षमा आवाज उठाउन आह्वान गर्नुभयो ।

कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिले दिगो विकासका १७ वटा लक्ष्यमा आधारित भएर काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य अनिता ढुङ्गानाले १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक सशक्तीकरण र सामाजिक समावेशीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button