तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा १ करोड ८० लाख बढीको मौरी नष्ट

जाजरकोट । जाजरकोटमा १ करोड ८० लाख भन्दा बढीको मौरी नष्ट भएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पको कम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढीको मौरी नष्ट भएको हो ।

रामिडाडाँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माका अनुसार भूकम्पले आधुनिक, मुढे र खोपे घारका गरी जम्मा १ हजार २०७ घार मौरी नष्ट भएका छन् । १ हजार २०७ घार मौरीले उत्पादन गर्ने १४ हजार ४८४ किलो मह नष्ट भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिगोला मौरीको मूल्य ४ हजार, प्रतिघार आधुनिक घारको मूल्य ४ हजार, मुढे घारको मूल्य ३ हजार ५००, प्रति किलो महको मूल्य ६०० का दरले जम्मा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी, घार र मह नष्ट भएको विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button