तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्तामा ३ दिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु भएको छ ।

हरिबोधिनी एकादशी पर्वको अवसरमा  छिन्नमस्ता गापा वडा नम्बर ३ को आयोजनामा सञ्चालन भएको ३ दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतको विभिन्न स्थान गरी २६ जना पहलवानहरूले भाग लिने छन् । जसमा ६ जना महिला पहलवान र २० जना पुरुष पहलवानको सहभागिता रहने छन् ।

परम्परागत रुपमा हरेक वर्ष हुने कुस्ती प्रतियोगिता बिचमा केही वर्ष नभए पनि अब हरेक वर्ष आजकै दिन उक्त प्रतियोगिता हुने वडा नम्बर  ३ का अध्यक्ष विजय कुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै कुस्ती प्रतियोगितालाई थप सफल बनाउन प्रमुख अतिथिको रुपमा मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र विशिष्ट अतिथि छिन्नमस्ता गापा अध्यक्ष विद्यान्नद चौधरी, उपाध्यक्ष राजुदेवी यादव, ७ वटै वडाका वडा अध्यक्षहरू पहलवानहरूलाई हात मिलाई उद्घाटन गरेका थिए भने हजारौँ दर्शकहरूले उत्साह स्वरूप ताली बजाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button