तपाईँ सुन्दै हुनुहुन्छः

‘दासको जीवनबाट सबैले पाठ सिक्नुपर्छ’

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले अखिलेश्वरलाल दासको दस्ताबेजको काम अगाडी बढाएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन कोशी प्रदेश समिति विराटनगरले आज आयोजना गरेको दिवङ्गत प्राध्यापक अखिलेश्वर लाल दासको प्रथम वार्षिक स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पोख्रेलले दासको सदा जीवन उच्च विचारबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।

अखिलेश्वर लाल दास नेपाल राष्ट्रिय प्राध्यापक केन्द्रिय समितिको पहिलो संस्थापक सह संयोजक समेत रहनुभएर काम गरेको र उहाँले पुर्याएको योगदानको चर्चा गर्नुहुँदै उपमहासचिव पोख्रेलले सङ्गठनलाई सुदृढ र पहलकदमी भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button