तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा रेलमा कटेर एकजनाको ज्यान गयो

धनुषा । नेपाल रेल्वेमा कटेर  मङ्गलवार बिहान एकजनाको ज्यान गएको छ । भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी ६० वर्षका विन्देश्वर दासको ज्यान गएको प्रहरीले जनाएको छ । 

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेसनस्थित रेल्वे लिकमा पर्दा कटेर दासको ज्यान गएको हो । दासको शरीर कटेर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलमा कटेर दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button