तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीबाट हराएका पाँच किशोरी धनुषाको ढल्केवरमा फेला परे

धनुषा । महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ वेपता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् ।
उनीहरु आज विहान १० बजेतिर धनुषाको मिथिला नगरपालिका– ६ ढल्केवरमा फेला परेको प्रहरीले जनाएको छ ।
महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले जानकारी गराएको थियो ।
सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलासको क्रममा ढल्केवरमा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button