तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल अनुदान रकम भुक्तानी गर्न उखु उत्पादक सङ्घको माग

नवलपरासी,पश्चिम् । लामो समयदेखि सरकारले उखु किसानका लागि उपलब्ध गराउने भनेको अनुदान रकम किसानले नपाएपछि उखु उत्पादक संघ लुम्बिनी प्रदेशले सरकारको ध्यानाकर्षण गराउँदै बुधबार एक विज्ञप्ति जारी गरेको छ ।

२०७२ मा नै उखुलाई राष्ट्रिय बालीको रुपमा सूचीकृत गरिएपनी उखु किसानका जायज माग सम्बोधन हुन नसकेको उखु उत्पादक संघ लुम्बिनी प्रदेशका संयोजक उमेश यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले प्रतिक्विन्टल रु ७० र मिल सञ्चालकले रु २० अनुदान रकम दिनुपर्नेमा हाल सम्म उक्त रकम उपलब्ध नभएकाले किसानमा उत्पादन प्रती नैराष्यता आउँदा देशभरी नै चिनीको अभाव भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उखुको समर्थन मूल्य ६५१ कायम गर्न समेत माग गरिएको छ।

नवलपरासीमा करिब २० करोड रुपैयाँ भुक्तानी हुन बाकी रहेको संयोजक उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button