तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालको मेसुमा डा. तिवारी नियुक्त 

चितवन । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डाक्टर श्रीराम तिवारी नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिनु भएको हो ।

यसअघि अस्पतालमा प्रा. डा कृष्ण पौडेल मेसु हुनुहुन्थ्यो । डा. पौडेल १०औँ तहका चिकित्सक हुनुहुन्छ भने डा. तिवारी ११औँ तहका हुनुहुन्छ । डा. तिवारी वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । केही बर्ष अघि भरतपुर अस्पतालमा पनि डा. तिवारीले मेसुको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button