तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ उपनिर्वाचन : ५७ प्रतिशत मत खस्यो

इलाम । इलाम २ मा ५७ प्रतिशत मतदान भएको छ । प्रारम्भिक अनुमान अनुसार ६६ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यो कुल मतदाताको ५७ प्रतिशत हो। साँझ ५ बजेसम्म मतदान स्थल प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने जनाइएको छ । यस क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन् ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

नेकपा एमाले उपाध्यक्ष, सांसद तथा संविधान सभा अध्यक्ष सुवासचन्द नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button