तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड जाजरकोट जिल्ला अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिनु भएको छ ।

प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गर्नुभएको छ । उहाँका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि यहाँ आइपुग्नुभएको छ ।

भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button