तपाईँ सुन्दै हुनुहुन्छः

ज्योतिष विज्ञानले तथ्य प्रमाणित गर्नुपर्छ : मन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ज्योतिष विज्ञानले तथ्य र प्रमाणलाई पुष्टि गरे समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभएको छ ।

दाङ घोराहीका आयोजित नेपाल ज्योतिष परिषद्को १८ औँ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को समापनमा मन्त्री मास्कीले ज्योतिष शास्त्र गणितको उत्पत्तिको श्रोत भएको उल्लेख गर्दै ज्योतिषले भनेका कुरा प्रमाणित भए ज्योतिष शास्त्रप्रतिको विश्वसनीयता समाजमा बढ्दै जाने बताउनुभयो ।

ज्योतिष शास्त्रले पूजापाठ भन्दा सत्य तथ्य र प्रमाणित कारण खोजेर समस्या समाधानको बाटोतर्फ अघि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

प्रदेश सरकार ज्योतिष शास्त्रलाई मर्यादित बनाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

सम्मेलनमा देशभरबाट करिब ८ सय जना प्रतिनिधि सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button