तपाईँ सुन्दै हुनुहुन्छः

सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महशुल लगाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले नेपालमा उत्पादन भई विदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था सम्बन्धी कार्यविधि, २०६८ लाई आवश्यक संशोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सुपारी खेतीमा किसानको आकर्षण बढिरहेको सन्दर्भमा आगामी १६ औँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रबद्र्धन गर्न नीतिगत व्यवस्था गर्न पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सदस्यहरुले नेपालमा उत्पादित सुपारी निर्यातमा थप अध्ययन गरी निर्यातका लागि प्रक्रिया अगाडी बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

यसैगरी बैठकले नेपालमा आयात हुने सुपारीलाई काउन्टर भ्यालिंङ ट्याक्स लगाई सो वापतको रकम नेपालका सुपारी किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button