तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा एमाले नेता चढेको जिप दुर्घटना, ११ घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका १ निगाले डाँडामा आज दिउँसो बलेरो दुर्घटना हुँदा११ जना घाइते भएका छन् ।

पूर्व एमाले सांसद नविना लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, बाग्मती प्रदेश उपसचिव भक्तकुमारी लामा लगायतका एमाले नेता चढेको जीप दुर्घटना भएको हो ।

खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा आयोजित चियापान कार्यक्रममा सहभागी भएर फर्किएका एमाले नेताहरू सवार १४ च ७०७७ नम्बरको डबल क्याप बलेरो ब्रेक फेल भई सडकमा पल्टँदा ११ जना घाइते भएका हुन् ।

घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाइएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलेरोमा १८ जना सवार रहेका थिए ।

गाडीमा सबार १८ मध्ये घाइते ११ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button