तपाईँ सुन्दै हुनुहुन्छः

चोर समात्न हिँडेका प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु 

बारा ।  मोटरसाइकल चोर समात्न ड्युटीमा खटिनुभएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । 

मृत्यु  हुनेमा जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ,बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहनुभएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

शनिबार राती ७ : ३० बजेको समयमा, निजगढ नगरपालिकाबाट वडा नं. ८ बाट मोटरसाइकल चोरी गरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ काँठगाटतर्फ  लैजाँदै गरेको भन्ने सूचनाको आधारमा चोरको खोजतलास गर्न निस्किएका प्रहरी जवान सुनुवार आफै  दुर्घटनामा पर्नुभएको हो । 

चोरको पिछा गर्नुभएका सुनारको मोटरसाइकल राती १० : ३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका.१६ ग्रिन लाइट होटल अगाडी दुर्घटना परेको प्रहरीको भनाई छ ।

सुनारले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा घाइते प्रहरी जवान सुनारको  प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारको लागी एलएस न्युरो अस्पतालमा लगिएकोमा उपचारको क्रममा राती १२ः१५ बजे मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button