तपाईँ सुन्दै हुनुहुन्छः

नवविवाहित बेहुलाको घरमा कोजाग्रत पूर्णिमा मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा बसोबास गर्ने मैथिल ब्राह्मण समुदायका नवविवाहित बेहुलाको घरमा धुमधामका साथ कोजाग्रत पूर्णिमा पर्व मनाईदैछ ।

यस पर्वमा बेहुलीको घरबाट पान, मखान, सुपारी, मिष्ठान्न सहितका सामाग्रीहरू बेहुलाको घरमा कोसेली स्वरूप ल्याउने गरिन्छ । यस दिन बेहुलीको माइती पक्षबाट आएको पान, मखान, धान, दुवो, दही, नयाँ लुगा सहितका पूजा सामाग्री डालामा राखेर पठाउने र सोही सामाग्रीबाट साँझ बेहुलाको चुमाओन गर्ने चलन रहेको छ ।

बेहुलाको चुमाओन गरिसकेपछि पान, मखान, सुपारी, वतासा सहितका सामाग्रीहरू वितरण गर्ने गरिन्छ । यसका साथै ससुरालीबाट आएका मिष्ठान्न सहितका सामाग्री भोजको रुपमा खुवाउने चलन छ ।

प्रत्येक वर्षको आश्विन महिनाको पूर्णिमा तिथिका दिन कोजाग्रत पूर्णिमा मैथिल समुदायका नवविवाहित वरको घरमा हुने गर्दछ ।

यस दिन देवी देउताको मन्दिरमा पान मखान अर्पण गर्ने चलन पनि रहेको छ । मिथिलामा पान, मखानलाई निक्कै शुभ सामाग्रीको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button