तपाईँ सुन्दै हुनुहुन्छः

अटो दुर्घटना हुँदा एकै परिवारका एकको मृत्यु ,४ जना घाइते ।

दाङ । दाङमा अटो दुर्घटना हुँदा एक वृद्धाको ज्यान गएको छ । दुर्घटनामा परी एकै घरका चार जना घाइते भएका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्बरको अटो दुर्घटना हुँदा सोही ठाउँ निवासी ५५ वर्षिया विवा बुढा मगरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्बर ५ झेलखोल निवासी  एकै परिवारका वर्ष ३६ का मतिराम बुढा,वर्ष ३० का ऋखिराम बुढा, वर्षा ४० का मान बहादुर बुढा र वर्ष २६ का हिरा घर्ती घाइते हुनुभएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरी सहायक निरीक्षक योगीले जानकारी दिनुभयो । उहाँहरू झेलखोल गाउँबाट बंगलाचुली ५ मा रहेको मुर्कुटी बजार तर्फ आउँदै गर्दा अटो दुर्घटनामा परेको हो । अटो सडक बाट झण्डै एक किलोमिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

अटो मध्यान्न सवा १२ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अटोका चालक प्युठान माण्डवी गाउँपालिका २ वडा निवासी वर्ष ४० का गेम बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button