तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोग र इयुबीच निर्वाचन व्यवस्थापनमा भएका कार्यहरूको समीक्षा

काठमाडौँ । निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता निर्वाचन व्यवस्थापनमा भएका कार्यहरूको समीक्षा गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिकले आज निर्वाचन आयोगमा गर्नुभएको भेटमा विगतको समीक्षाका साथै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको निर्वाचन आयोगले जनाएको छ ।

छलफलमा निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा राजदूत भेरोनिकलाई जानकारी गराइएको थियो । 

छलफलका क्रममा राजदूत भेरोनिकले व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको बताउनुभएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button