तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ नजिकिए सँगै मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थाले

पोखरा।नेपालीहरूको महान् चाड वडा दसैँ नजिकिए सँगै मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ । दशैँ पर्वलाई लक्षित गरि बजारमा च्याङ्ग्रा लैजान व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगी खरिद गर्न थालेको स्थानीयवासीले बताएका छन् ।

मुस्ताङको भेडी तथा च्याङ्ग्रा गोठमा पुगेर व्यापारीले च्याङ्ग्रा खरिद गरि बिक्री वितरणको लागि म्याग्दी, पोखरा, पर्वत, बागलुङ, काठमाडौँ,बुटवल लगायत शहरमा पु¥याउने गर्दछन् । आज सम्म एक हजार पाँच सय भेडा च्याङ्ग्रा मुस्ताङ बाट निकासी भइसकेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले जानकारी दिनुभयो ।

मुस्ताङ बाट बजार झर्ने च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर मात्र पटाइने गरिन्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्ला बाट अर्को जिल्लामा लैजान पाईने प्रावधान भएको हुँदा स्वास्थ्य परिक्षण गर्ने गरिन्छ ।

यसपाली कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजार मूल्य सम्ममा च्याङ्ग्रा बिक्री गर्ने गरेका छन् । पछिल्लो समय चिन बाट च्याङ्ग्रा नआएको कारण माग धन्नै नसकिने अवस्था हुँदा च्याङ्ग्राको मूल्य बढेको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने हुँदा दसैँ–तिहारको समयमा च्याङ्ग्राको मासु बढी खपत हुँदै आएको पाइन्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा च्याङ्ग्रा पालिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button