तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा भोलि सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्मजयन्तीमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।

मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले आज एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिनुभएको छ ।

‘पैगम्वर मोहम्मदको जन्मदिन असोज ११ गते परेकोले उक्त दिन सार्वजनिक बिदा दिन सूचना प्रकाशित गरिएको छ’, खरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button