तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरखा । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिरानचोक गाउँपालिका–४ का २७ वर्षका रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

भच्चेकबाट गोरखा बजार आउँदै गरेको १ ख ९७३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल सिरानचोक गाउँपालिका–४ को अमराईमा शनिवार बिहान साढे १० बजेतिर आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button