तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ प्रदान

file photo

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको  यस वर्षको ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधानलाई  अवार्ड प्रदान गरिएको हो ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घले प्रदान गर्ने लाइफ टाइम अचिभमेण्ट अवार्डबाट डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई सम्मान गर्नुभयो ।

उहाँहरूले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । 

सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । 

मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति तयार गर्न बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button