तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा राष्ट्रिय नाथ सम्मेलन हुँदै

पोखरा । बृहद आध्यात्मिक परिषद्को आयोजना तथा श्री गोरक्षनाथ पीठको व्यवस्थापनमा पोखरा–३१ पचभैयामा यही भदौ २५ गतेदेखि २७ गतेसम्म प्रथम राष्ट्रिय नाथ सम्मेलन हुने भएको छ ।

मानव जगतको कल्याणका लागि धार्मिक भावना जगाउने उद्देश्यका साथ नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पिठाधिस तथा धार्मिक गुरुहरूलाई एकै ठाउँमा जम्मा गरि पहिलो पटक तिन दिने राष्ट्रिय नाथ सम्मेलन गर्न लागेको बताइएको छ ।

यही भदौ २५ गतेबाट सुरु हुने सम्मेलन बेगनास तालको मन्दरे पार्कबाट जलकलश सहितको शोभा यात्रा निकालिने र उद्घाटन सत्रसहित धार्मिक प्रवचन हुने कार्यक्रम प्रचार प्रसार उप समितिका संयोजक राममणि अधिकारीले जानकारी दिनुभयो ।

सम्मेलनमा डा. जगमान गुरुङ, डा.कृष्णचन्द्र शर्मा, डा.माधव लामिछाने र लोचना पुण्य प्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अन्तिम दिन २७ गते संस्थाको विधान तथा विविध विषयमा छलफल गरि पोखरा घोषणा पत्र जारी गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button