तपाईँ सुन्दै हुनुहुन्छः

जातीय सद्भाव भड्काउने किसिमका गतिविधि रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश पेश गर्नुभएको छ ।

file photo

यस्तै बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० र विधायन व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन २०८० सभा समक्ष पेश गर्नुभयो ।

यसअघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले शान्ति, एकता र जातीय सद्भाव भड्काउने किसिमका गतिविधिहरूलाई रोक्न तथा समस्याको समाधानप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले कोशी प्रदेशमा भएका गतिविधिले जातीय एकता सद्भाव बिथोल्ने कार्य भइरहेको भन्दै सरकार संवेदनशील भई समस्या समाधानका लागि पहल लिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा वर्षाका कारण सडक अवरुद्ध, दुर्घटनामा परेको पीडितहरू र आँखा पाक्ने संक्रमण लगायतका समस्याहरूमा सरकारले ध्यान दिन आवश्यक रहेको सांसदहरुले धारणा राख्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १८ गते सोमबार १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button