तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित हुँदा रुसी अन्तरिक्ष यान दुर्घटनाग्रस्त

काठमाडौँ ।रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो ।

अन्तरिक्ष यानमा मानिस थिएनन् । यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् ।तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच प्रतिस्पर्धा छ । भारतले पठाएको चन्द्रयान-३ आउँदो बुधबार चन्द्रमामा अवतरण गर्ने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button