तपाईँ सुन्दै हुनुहुन्छः

भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

नयाँ दिल्ली। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

“अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ,” हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन्।

हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सशुरु भएदेखि नै भारी वर्षा भइरहेको छ जसले पहिरो, चट्याङ्का कारण ठूलो विनाश निम्त्याएको छ।

सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेको थियो र भत्किएको थियो र ३० देखि ३५ जना भित्र फसेको विश्वास गरिएको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले बताएका छन् ।

घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी रहेको छ ।सरकारले उपलब्ध गराएको विवरण अनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ भने ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।
राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ ।

भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button