तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरको बजेट एक अर्ब सात करोड

बाँके । कोहलपुर नगरपालिकाको १३ औँ नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट आज प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरसभामा पालिका उपप्रमुख सुवेदीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि एक अरब सात करोड चौहत्तर लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।

प्रमुख आचार्यले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । तहगत नमूना विद्यालय विकास गरी सामुदायिक विद्यालयका टिनका छाना क्रमशः विस्थापित गर्ने, यसै आर्थिक वर्षदेखि स्रोतको मूल्याङ्कन गरी स्रोत साधनको समुचित प्रयोगबाट टिनका छाना विस्थापन र जिप्सन जडान कार्य थालनी गरिने लगायतका योजना कार्यक्रममा समेटिएका छन् ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत् स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी गराउने भएको छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सरुवा रोग नियन्त्रण, वंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोगी गर्ने नीति लिइएको छ । सिकलसेल एनिमिया लगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनः स्थापना कार्यक्रम ल्याउने नीति अगाडि सारिएको छ ।

नीति तथा कार्यक्रम र बजेटमाथि आगामी २६ गते दिनको १ बजे नगर सभाको बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button