तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको लेकसाइडबाट नजिक रहेको दोर्जेस रिसोर्ट संचालनमा आउदै

पोखरा ।पोखराको लेकसाइडको मुख्य बजार क्षेत्रबाट करिब २ किलोमिटर पश्चिम उत्तरको दुरी सेदीबगरमा रहेको दोर्जेस रिसोर्ट एण्ड स्पाः जहाँ विलासि (लक्जरियस) पर्यटकहरुको रोजाईमा रहेको स्थानमा पुग्न सकिन्छ । पोखराको नयाँ मानव निर्मित पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण केवलकारको तल्लो स्टेसन भन्दा केही माथि पर्ने उक्त रिसोर्ट यही असार ६ गते देखि अनौपचारिक रुपमा सेवा शुभारम्भ गर्ने भएको छ ।

१३ वटा भिल्ला भएको यो रिसोर्टमा रहेका हरेक कोठा बाहिर टेरेस अर्थात खेतको गरा जस्तो भाग निकालिएको छ भने अधिकांश रुमबाट पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल र पोखराको लेकसाइडलाई निहाल्न सकिन्छ । पछिल्लो केही बर्ष देखि चहलपहल हुने लेसाइडबाट केही पर र गाँउका होटल तथा रिसोर्टको खोजि गर्ने पर्यटकहरुको लागि दोर्जेस रिसोर्ट विलासि पर्यटकहरुको लागि गन्तव्य नै हुन सक्छ । चारै तर्फ हरियाली मुख्य बजार क्षेत्रबाट नजिकै तर शान्त वातावरण भएको जहाँ स्थानिय उत्पादनमा आधारित खानपानको व्यबस्था गरिएको रिसोर्टका संचालक युवा व्यवसायी कुल बहादुर लामा(दोर्जे) ले बताउनु भयो ।

‘हाम्रो मुख्य उद्देश्य भनेकै हाम्रा पाहुनाहरूलाई कोठामा मात्रै नबसीकन बाहिर प्रकृतिको अवलोकन गराउनका साथै मनोरम दृश्यावलोकनको मौका दिनु हो । त्यसैले हाम्रा हरेक रुमको बाहिर बरन्डा वा टेरेस बनाएका छौँ । यसको संरचनाको सिद्दान्त नेपालमा प्रचलनमा रहेको आली खेती नै हो,’ रिसोर्टका निर्देशक तेन्जिङ शेर्पाले रातोपाटीलाई भने ।

सन् २०१८ देखि निर्माण सुरु भइ २०२३ को जुलाईको तेश्रो साता देखि सञ्चालनमा आउने तयारी गरिएको उक्त रिसोर्ट ३१ रोपनी क्षेत्रफलमा फैलिएको संचालक दोर्जेले बताउनु भयो । जग्गा सहित करिब एक अर्ब लगानी भएको रिसोर्ट सफ्ट ओपनीङ भएसंगै सुरुमा ३५ जनालाई रोजगार दिने भएको उहाँले बताउनु भयो ।

२ वटा सुईट रुम सहित २३ वटा रुम पहिलो चरणमा संचालनमा ल्याउने तयारी भएको संचालक दोर्जेले बताउनु भयो भने केही समय पश्चात ३१ रुम संचालन हुने भएको छ । स्यान्डर्ड रुमको मुल्य २५ हजार नेपाली रुपैयाँदेखि सुरु हुन्छ भने विदेशीहरुको लागि न्यूनतम २ सय अमेरीकी डलर देखि सुईट रुमको ७ सय डलर सम्म पर्ने भएको रिसोर्टका अप्रेसन म्यानेजर प्रमोद लामिछानेले बताउनु भयो ।

रिसोर्टमा स्पाः,ज्याकुजी, बारको सुविधा, सभाहल, सुइमिङपुल सहितको खुल्ला र ठुलो क्षेत्रफलका कोठाहरु रहेको उहाँले दाबी गर्नु भयो । उक्त रिसोर्ट बनाउदा धेरै क्षेत्रफल भएकोले लामो तानमा भिल्ला अनुसारको बाटो, बिद्युत, पानी लगायतका सुविधा पुराउनु र भिरोलो क्षेत्रमा भएकोले गर्दा पर्खाल निर्माण गर्दा ठुलो खर्च भएको रिसोर्ट संचालक दोर्जेले बताउनु भयो । अपाङगमैत्रि भिल्लाहरु समेत निर्माण भएको उक्त रिसोर्टले सम्भव भएसम्म अर्गानीक र स्थानिय उत्पादनलाई प्थामिकता दिने भएको छ । आफ्ना पाहुनाहरूलाई अर्गानीक खानाको स्वाद दिन केही खाली जग्गामा तरकारी र केही फलफूल खेती गर्न लागिएको संचालक जेनी लालचनले बताउनु भयो ।

स्वभाविक रुपमा आफुहरुको मुख्य पेशा व्यापार तथा थकाली भान्छा घरको रुपमा होटल व्यवसायी भए पनि सपनाको देश अमेरीका दुई दशक बसेको अनुभवले गर्दा हाल उक्त रिसोर्टमा नेपालीपन र अमेरीका तथा यूरोपमा प्रयोग हुने बस्तु तथा सामानको समिश्रणबाट रिसोर्ट निर्माण भएको उहाँको भनाई छ । रिसोर्टमा नवलपुर देखि भक्तपुरसम्मका नेपालीपन झल्कने बस्तु तथा हस्तकलाका सामानहरु समेत प्रयोग भएको संचालक लालचनले बताउनु भयो ।

भूटान, माल्दिप्स, श्रीलंका,इण्डोनेसिया लगायतका देशमा हनुमुन मनाउन जाने विलासि पर्यटकहरुको अबको गन्तव्य पोखराको दोर्जेस रिसोर्ट बनाउने गरी आफ्नी श्रीमती जेनी र आफ्नो ठुलो धन र बुद्धि खर्चिएको स्मरण गर्दै दोर्जेले उक्त रिसोर्ट निर्माणको क्रममा दक्ष कामदार अभावमा विदेशी कामदारलाई रिजायर काम लिदाको पिडा स्मरण गर्नु भयो ।

हाम्रो देशमा माकुराको झालो जसरी भूईमा विच्छाउने ढुंगा मिलाउने दक्ष कामदार खोजी गर्दा धेरै मेहनत गर्नु परेको उहाँको भनाई छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणभएसंगै अब अन्तराष्ट्रिय हवाई उडान मात्र हुन सके आफुहरुको लगानी ५ देखि ७ बर्षमै उठ्ने उहाँको दाबी छ । पोखरामा सिधा अन्तराष्ट्रिय हवाई उडान भएको अबस्थामा गण्डकी प्रदेशको राजधानि पोखरा र यस क्षेत्रको समग्र विकास हुने दोर्जेले दाबी गर्नु भयो ।

आफु खरले छायको घरबाट हुर्कीएको स्मरण गर्दै दोर्जेले आफुहरुले वुटिक रिसोर्ट र हरियाली बनाउने गरी खाली जग्गामा फलफुल तथा हरियाली बनाउने प्रयास गरेको उहाँले हामीलाई बताउनु भयो । ४० बर्ष पर्यटन क्षेत्रमा लाग्नु भएका दोर्जेले आफ्नो देशमा केही लगानी गर्नु पर्छ भन्ने मान्यताले थालनी गरेको उक्त अभियानमा नेपाल बैंकले बैंकीङपाट्नरको रुपमा रहेको छ । आट र लगनशीलका कारण देशको विसम परिस्थितीमा पनि केही ढिलै भए पनि उक्त रिसोर्ट संचालनको संघारमा आएकोले हाल निकै खुसि लागेको दोर्जे परिवारले बताउनु हुन्छ । पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं जेनीका बाबु राजेन्द्र लालचनले तल्लो तहबाट दोर्जे परिवारको कामको अनुभव भएकोले उक्त परियोजनाले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button