तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृत भाषा प्राचीन भाषा मात्रै होइन : प्रधानमन्त्री दाहाल 

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृत भाषा केवल प्राचीन भाषा मात्रै नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार भएको बताउनुभएको छ । 

नेपाल संस्कृत बिश्वबिद्यालयको पाँचौँ दीक्षान्त समारोहका अवसरमा दाङको बेलझुण्डीमा प्रधानमन्त्री दाहालले विविध विद्या र कलाका विषयमा जानकार भए पनि संस्कृत भाषा जान्न नसक्नेले आफैलाई चिन्न नसक्ने भन्दै पूर्वीय भूगोलमा बस्ने व्यक्तिले भूगोल, देश, संस्कृति र समाजको सुगन्ध समेत थाहा पाउन पनि संस्कृत जान्न आवश्यक रहेको बताउनुभयो । 

वर्तमान सरकारले शिक्षाको विकासका लागि गम्भीर रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममार्फत सुधारका लागि प्रयास गरिरहेको समेत बताउनुभयो । 

उहाँले गुणस्तर शिक्षाको विकासका लागि देशभित्रका बिश्वबिद्यालयहरुबीच प्रभावकारी र समन्वयात्मक रुपमा कार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै विश्वविद्यालय अध्ययन र अध्यापनलाई अनुसन्धान उन्मुख गर्नका लागि वर्तमान सरकारले नीति तथा कार्यक्रममा समेटेको बताउनुभयो । 

नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि पाँचौँ दीक्षान्त समारोहको आयोजना गरेको हो । चौथो दीक्षान्त कार्यक्रम २०६८ सालमा गरेको बिश्वबिश्द्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

कार्यक्रममा संस्कृत बिश्वबिश्द्यालयका सहायक कुलपति तथा शिक्षा मन्त्री अशोककुमार राईले विश्वविद्यालये प्रत्येक बर्ष गर्ने दीक्षान्त कार्यक्रमलाई नियमित गरिने बताउनुभयो । 

२०६८ सालदेखि २०७६ सालसम्म अध्ययन गरेका विद्यार्थीले दीक्षान्त कार्यक्रममा सहभागी भएका थिए । 

पाँचौँ दीक्षान्त समारोहमा ५७५ जना विद्यार्थीले दीक्षित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button