तपाईँ सुन्दै हुनुहुन्छः

इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन

इटाली। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो ।

उहाँ रक्त क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । बर्लुस्कोनी दोस्रो विश्व युद्धपछि इटलीमा सबभन्दा लामो समयसम्म प्रधानमन्त्री हुनुभएकाे थियाे ।

सन् १९३६मा मिलानमा जन्मनु भएका बर्लुस्कोनीे तीन पटक इटालीका प्रधानमन्त्री हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button