तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि दुई को घटनास्थलमानै ज्यान गएको छ ।

कुविण्डे स्थित शनि डाँडाको भिरबाट गएराति बा ४५ प ५५४१ नम्बरको बाइक दुर्घटनामा परि मृत्यु हुनेमा बलेफी– २ का अन्दाजी २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी नगरपालिका –११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति अन्दाजी १२ बजेको समयमा सडकबाट १५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button