तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को  सरकारको नीति तथा कार्यक्रम माथि छलफल भइरहेको छ । 

छलफलमा भाग लिँदै सांसदहरुले सरकारको नीति तथा कार्यक्रमले सङ्कल्प गरेका कार्यक्रमहरूलाई एकताबद्ध भई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सांसदहरुले कृषि, पर्यटन, शिक्षा स्वास्थ्य जस्ता समसामयिक समस्याहरूलाई सम्बोधन गदै मुलुकको अर्थव्यवस्थाको सुधारका लागि नीति तथा कार्यक्रमको प्राथमिकता हुनुपर्ने सुझाव राख्नुभयो  ।

सांसदहरुले नीति अनुसारको कार्यक्रम मेल नहुँदा कार्यान्वयनमा चुनौती हुने भन्दै कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई विशेष प्राथमिकताका साथ कार्यक्रम राखिनुपर्ने सुझाव दिनुभयो ।

यस्तै सांसदहरुले कृषि उत्पादकत्वमा वृद्धि, स्वदेशी बस्तुको निर्यात, स्वरोजगार जस्ता सकारात्मक कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि अर्थव्यवस्थाको आकारलाई ध्यानमा राख्दै प्राथमिकिकरण गर्नुपर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले धारणा राख्ने क्रम अहिले जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button