तपाईँ सुन्दै हुनुहुन्छः

द्रुतमार्ग सडक आयोजना : जग्गा प्राप्तिका लागि स्वीकृति दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

file photo

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्री शर्माले भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, काठमाडौँ–तराई-मधेश द्रुतमार्ग सडक आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रिय सतकर्ता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, काठमाडौँ तराई मधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने, नेपाल भारत पेट्रोलियम तथा ग्याँससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक वैशाख १२ मा काठमाडौँमा आयोजना गर्ने लगायत निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

द्रुतमार्ग सडक आयोजना स्वीकृति लगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button