तपाईँ सुन्दै हुनुहुन्छः

जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्ने बताउनुभएको छ ।

शनिबार गोरखाको सिरानचोक गाउँपालिकाको महारमा आयोजित दोस्रो महाटार कप फुटबल प्रतियोगिताको समुद्घाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटोघाटो, बिजुली, खानेपानी, खेलकुद लगायतका मानवीय आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

‘सरकारको उद्देश्य एउटै छ । यो राजनीतिक परिवर्तनलाई जोगाउने र यसलाई माध्यम र साधन बनाएर देशलाई विकसित र समृद्ध बनाउने । आम जनता, दलित, किसान, महिला, मजदुर, पिछडिएको वर्गलाई विकासको लहर ल्याएर अनुभूति गराउने कुरामा सरकार दृढ छ ।’ उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सिरानचोक गाउँपालिकाका उपप्रमुख रिता देबकोटा र गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button