तपाईँ सुन्दै हुनुहुन्छः

५ थान मोटरसहित विद्युत् चोरी गर्ने ३ जना पक्राउ

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले विन्दवासिनी गाउँपालिकाको बहुअर्वाबाट ५ थान मोटरसहित विद्युत् चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी बल पोखरिया सहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विन्दवासिनी गाउँपालिकाको बहुअर्वाबाट गए राति डाइरेक्ट हुकिङ गरी विद्युत् चोरी गरेर प्रयोग गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५ थान मोटर र सिङ्गल फेजको १ थान मिटर समेत बरामद गरिएको छ । सामानसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button