तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आरोप लागेका शर्माद्वारा आत्मसमर्पण

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप लागेका दाङका सन्देश शर्माले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । शर्माले बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर अनुसन्धानलाई सहयोग गर्न भन्दै आत्मसमर्पण गर्नुभएको हो ।

शर्मालाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भनी प्रहरीले खोजिरहेको थियो त्यसै सन्दर्भमा प्रहरीलाई अनुसन्धान गर्न सजिलो होस भन्ने उद्देश्यले आत्मसमर्पण गरेको शर्माले बताउनुभयो ।

शर्माले प्रहरीसमक्ष दिएकाे निवेदन

शर्माले प्रहरी कार्यालयमा दिनुभएको निवेदनमा  ‘नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोह केशव दुलाल समेतका मानिसहरू पक्राउमा परी निजहरू उपर ठगी मुद्दा अनुसन्धान भइरहेको भन्ने समाचारमा म सन्देश शर्मासमेतको नाम उल्लेख भएको बुझिन आएको हुँदा उक्त मुद्दामा भइरहेको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धताका साथ म स्वयं अनुसन्धान अधिकारीसमक्ष उपस्थित भएको छु। अतः आत्मसमर्पण गरी अनुसन्धान प्रक्रियामा सरिक हुन पाउँ’ भनिएको छ ।

५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोपमा यसअघि केशव दुलाल, टङ्ककुमार गुरुङ, सानु भट्टराई र सागर राईलाई प्रहरीले पक्राउ गरिसकेको छ  

प्रतिक्रिया राख्नुहोस्

Back to top button