तपाईँ सुन्दै हुनुहुन्छः

५० प्रतिशत अनुदानमा गाउँपालिकाले दियो कृषि सामाग्री

भोजपुर । खेतबारी बाँझो रहने समस्या बढ्दै गएको अवस्थामा भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा कृषिका सामाग्रीहरू वितरण गरेको छ । पालिकाले तीन सय बढी कृषकलाई कृषि सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । 

गाउँपालिकाले कृषकसँग आवेदन माग गरेर मात्र आवश्यकताका आधारमा सामाग्रीहरू वितरण गर्दे आइरहेको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषकहरूको लागि गाउँपालिकाले बिउ बिजनका साथै फलफूलको पकेट क्षेत्रका लागि समेत सहयोग गर्दे आई रहेको छ । 

व्यवसायीक कृषिका लागेका कृषकहरूलाई प्रोत्साह गर्न गाउँपालिकाले बजेट बिनियोजन गर्दे आइरहेको छ । कृषि सामग्री र कुखुरा, बाख्रा तथा व्यावसायिक बङ्गुर पालन लगायतको क्षेत्रमा पनि पौवादुङमा गाउँपालिकाले सहयोग गर्दे आएको छ । गाउँघरमा उत्पादित सामाग्रीहरूको बजारीकरणमा समेत गाउँपालिकाले आवश्यक भूमिका निर्वाह गर्दे आई रहेको पालिका अध्यक्ष राईको भनाई रहेको छ । 

व्यवसायीक रुपमा कृषि गरि रहेका कृषकहरूलाई गाउँपालिकाले आवश्यक सामाग्री सहित सहयोग गरेकोमा कृषकहरू समेत उत्साही देखिएका छन् । गाउँपालिका भित्र ६ वटा वडाहरू रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button