तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम मुलुकभरमा चौथो भएको हो ।

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्याङ्कन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनु भयो ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरण गरी आठ वटा विधाका छुट्टाछुट्टै सूचक मूल्याङ्कनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरका पालिकाहरूमध्ये चौथो स्थानमा पर्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्याङ्कन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको  थियो । 

अहिलेको प्राप्त उपलब्धिले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्‍याएको छ । तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाणले बताउनुभयो ।

भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भइरहेका कामलाई एउटा गन्तव्यमा पुर्‍याउने र नयाँ काम गर्दै जाने विषयमा सिङ्गो नगरपालिका लागिरहने नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button